४५ वटा रुसी ड्रोन खसालेको युक्रेनको दाबी

हिमाल प्रेस १८ पुष २०७९ ६:२०
4
SHARES
४५ वटा रुसी ड्रोन खसालेको युक्रेनको दाबी फाइल तस्बिर।

मस्को– युक्रेनले नयाँ वर्षको अवसरमा पश्चिमा समर्थित देश लेबनानले रातारात ४५ वटा रुसी ड्रोन खसालेको दाबी गरेको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा मस्कोले कीभ र युक्रेनका शहरहरूमा क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको थियो।

युक्रेनको वायु सेनाले एक विज्ञप्ति जारी गर्दै ४५ वटा ‘शाहेद’ ड्रोन नष्ट गरेको जनाएको छ। सन् २०२२ को अन्त्यमा १३ र नयाँ वर्षमा थप ३२ वटा ड्रोन खसालेको विज्ञप्तिमा उल्लेख छ।

युक्रेनी अधिकारीहरूले केही ड्रोनहरू उनीहरूको लक्ष्यमा पुगे वा पुगेनन् भन्नेबारे केही बताएका छैनन्।

कीभ प्रहरी प्रमुख एन्ड्री नेबिटोभले रुसी भाषामा ‘नयाँ बर्षको शुभकामना’ लेखिएको ड्रोनको भग्नावशेषको तस्बिर फेसबुकमा पोस्ट गरेका छन्। ‘आतंककारी राज्य र यसको सेनाबारे तपाईंले जान्नैपर्ने कुरा यही हो,’ उनले लेखेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेको ११ औँ महीनामा प्रवेश गरेका समय उक्त आक्रमण भएको हो। शृंखलाबद्ध सैन्य पराजयपछि रुसले अक्टोबरमा युक्रेनको पूर्वाधारलाई निशाना बनाउन थाल्यो, जसले गर्दा लाखौं मानिस चिसो र अध्यारोमा परेका छन्।

प्रकाशित: १८ पुष २०७९ ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =