५ महिनाभित्रै ५९ मुलुक गए नेपाली विद्यार्थी, सबैभन्दा बढी अस्ट्रेलिया

हिमाल प्रेस १७ पुष २०७९ १७:४६
8
SHARES
५ महिनाभित्रै ५९ मुलुक गए नेपाली विद्यार्थी, सबैभन्दा बढी अस्ट्रेलिया शिक्षा मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ शाखामा विदेश अध्ययनका लागि अनुमति लिन लाम लागेका विद्यार्थी। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पछिल्लो ५ महिनामा ५९ वटा देशमा अध्ययनका लागि विदेश अध्ययन अनुमतिपत्र (एनओसी) जारी भएको जनाएको छ।मन्त्रालयको एनओसी शाखाले गत साउनदेखि मंसिर महिनासम्म ३८ हजा ६१ जनाले एनओसी सर्टिफिकेट लिएको जनाएको हो।

कुन देशमा कति विद्यार्थी गए?

एनओसी जारी भएका ५९ देशमध्ये सबैभन्दा बढी अस्ट्रेलिया अध्ययनमा जान चाहने १० हजार ७९९ विद्यार्थीले एनओसी लिएका छन्। अस्ट्रेलियापछि सबैभन्दा बढी एनओसी लिने विद्यार्थी जापान अध्ययनमा जान चाहने छन्। जापानका लागि ६ हजार ६२५ ले एनओसी लिएका छन्। यस्तै क्यानाडा अध्ययनमा जान चाहने ६ हजार ५३१ जना विद्यार्थीले एनओसी लिएका छन्।

बेलायतमा अध्ययन गर्न जान चाहने ५ हजार ३०४ जना र अमेरिका अध्ययनमा जान चाहने १ हजार ५५९ विद्यार्थीले एनओसी लिएका छन्। यस्तै भारतका लागि १ हजार ९०, युएईका लागि ९१३, रुसका लागि ९७२, कोरियाका लागि ७४४, न्युजिल्यान्डका लागि ३९६ जनाले एनओसी लिएका छन्।

५ महिनामा १ हजार ५५८ जनाको एनओसी रद्द गरिएको मन्त्रालयले जनाएको छ। विदेश अध्ययनमा जान चाहने विद्यार्थी मध्य इन्जिनियरिङ, आइटी, होटेल व्यवस्थापन, मेडिकल, नर्सिङ, कम्प्युटर साइन्स, भाषा विज्ञान, व्यवस्थापन लगायतका विषयमा अध्ययनका लागि अनुमति लिएका हुन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्म २२ अर्ब ६१ करोड रकम उच्च शिक्षाका नाममा बाहिरिएको छ। गएको आर्थिक वर्ष ०७८/७९ मा १ लाख १४ हजार जनाले एनओसी लिएका थिए भने ६८ अर्ब रकम उच्च शिक्षाको नाममा विदेशिएको तथ्यांकले देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + four =