अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३ को शुभारम्भ

हिमाल प्रेस १७ पुष २०७९ १७:४४
8
SHARES
अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३ को शुभारम्भ

काठमाडौँ– अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३ को शुभारम्भ गरिएको छ। आइतबार कृषि विभागद्वारा ललितपुरमा आयोजित समारोहमा कृषि विकास तथा पशुपक्षी मन्त्रालयका सचिव डा. गोविन्द शर्माले कार्यक्रम शुभारम्भ गरेका हुन्।

संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरूप नेपालले आजै उक्त कार्यक्रमको शुभारम्भ गरेको हो।

कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो। कोदोजन्य बालीमा कोदोका अतिरिक्त चिनो, कागुनो, जुनेलो, बाजरा र साँवा पर्छ। खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्न बालीका रूपमा कोदोलाई लिइँदै आएको छ।

सो अवसरमा सचिव शर्माले गाउँ र सहरबीच जोड्ने कोदो र अरू रैथाने बाली संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्दै उपभोक्ताबीच पुर्‍याउनु आजको मुख्य जिम्मेवारी एवम् आवश्यकता भएको बताए।

भारतको प्रस्तावमा ६५ भन्दा बढी एसियाली र अफ्रिकी मुलुकको समर्थनमा राष्ट्रसंघले यो वर्षलाई कोदोजन्य वर्षका रूपमा मनाउने निर्णय गरेको हो।‘खाद्यपोषण सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणको कोदोजन्य बाली’ भन्ने मूल नाराका साथ नेपालमा पनि यस वर्ष कोदो बाली वर्ष मनाउन लागिएको हो।

कृषि विभागका महानिर्देशक रेवतीरमण पोखरेलले लामो समयसम्म नकुहिने र नबिग्रने कोदो खाद्य सुरक्षाका हिसाबले निकै महत्त्वपूर्ण रहेको बताए।

मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७४/७५ मुलुकमा तीन लाख १३ हजार ९ सय ८७ मेट्रिक टन कोदो उत्पादन भएको थियो। देशको कूल खाद्यान्न बालीको क्षेत्रफलको ७ दशमलव ७ प्रतिशत हिस्सा ओगट्दै आएको छ। नेपालको तराईदेखि समुद्र सतहदेखि ३ हजार १ सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो खेती गरिन्छ।

प्रकाशित: १७ पुष २०७९ १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =