लघुवित्त खारेजीको माग गर्दै उदपुरमा आन्दोलन

हिमाल प्रेस १७ पुष २०७९ १७:२९
6
SHARES
लघुवित्त खारेजीको माग गर्दै उदपुरमा आन्दोलन सांकेतिक तस्बिर।

उदयपुर– उदयपुरको बेलाका नगरपालिकामा सञ्‍चालित लघुवित्त वित्तीय संस्थाहरूको खरेजीको माग गर्दै स्थानीयले आन्दोलन गरेका छन्। उनीहरूले आइतबार विभिन्न प्लेकार्ड बोकेर नाराजुलुस सहित नगरपालिका पुगेर ज्ञापन पत्र बुझाउँदै लघुबित्त वित्तीय संस्थाहरूको खरेजीको माग राखेका हुन्।

प्रदर्शनमा सहभागीहरूले गलतढंगबाट बचत गराउने गरेको र आफ्नै पैसा पुनः आफुहरूलाई नै चर्को रूपमा लगानी लगाएर ब्याज लिने गरेको आरोप लगाएका छन्। उनीहरूले आफुहरूलाई कर्जा चुक्त गर्न नसके मर्न वा शरीर बेचेरै भए पनि कर्जा तिर्न धम्की दिने गरेकोले वाध्य भएर आन्दोलन गर्नु परेको बताएका छन्।

बेलका नगरपालिकाको विभिन्न वडाका साथै श्रीलंका टप्पुबासी महिला पुरुषले संयुक्त रूपमा संघर्ष समिती निर्माण गरी आन्दोलन सुरु गरेका छन्।

प्रकाशित: १७ पुष २०७९ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =