काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
पुस मसान्तसम्म बैंकको कुल कर्जा २ खर्ब ६६ अर्ब ६८ करोड पुगेको छ। त्यस्तै ३ खर्ब ८ अर्ब ७० करोड रुपैयाँ निक्षेप पुगेको छ।
साउनदेखि पुस मसान्तसम्म एनआईसी एशियाले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ। जुन वार्षिक बिन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो।
यसैगरी बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) २४.७५ प्रतिशत रहेको छ। बैंकको वार्षिक प्रतिसेयर आम्दानी ५६.७७ रुपैयाँ छ। एनआईसी एशियाले निष्क्रिय कर्जा ०.६१ प्रतिशतमा झरेको छ।
प्रकाशित: ८ माघ २०७९ १३:२८ | Sunday, January 22, 2023
प्रतिक्रिया



