१०.३७ अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार

हिमाल प्रेस ११ माघ २०७९ १५:३० | Wednesday, January 25, 2023
१०.३७ अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार

काठमाडौँ- बुधबार सेयर बजार परिसूचक (नेप्से) १०.३७ अंकले बढेको छ। २१७५.६७ बिन्दुबाट सुरु भएको बजार तीव्र उतारचढावबीच २१८३.६२ बिन्दुमा पुगेर रोकिएको हो।

आज १५९ कम्पनीको सेयर मूल्य बढेको छ। ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जीआईसी इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो।

आज कारोबार भएकामध्ये ४६ कम्पनीको मूल्य घटेको छ। आरबीबी म्युचुअल फन्ड–१, जानकी फाइनान्स कम्पनी, पिपुल्स् हाइड्रोपावरलगायत कम्पनी सर्वाधिक मूल्य घट्नेको शीर्ष सूचीमा परेका छन्।

बुधबार होटल तथा पर्यटन उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। यो उपसमूहको सूचक ३.६५ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकमका हिसाबले बुधबार नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा छ। यसको १० करोड १४ लाख र दोस्रोमा रहेको हिमाल दोलखा हाइड्रोपावरको ९ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ।

आज कुल २६१ कम्पनीको ९५ लाख ३२ हजार सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: ११ माघ २०७९ १५:३० | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast