सुदूरपश्चिममा सभामुख चयनमा आज पनि चुनाव

हिमाल प्रेस २९ पुष २०७९ ७:४४ | Friday, January 13, 2023
सुदूरपश्चिममा सभामुख चयनमा आज पनि चुनाव

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा सभामुखको चुनाव आज पनि हुने भएको छ। हिजो भएको चुनावमा निर्धारित मत नपुग्दा सभामुख चुनिन सकेनन्। आज पुनः निर्वाचन गर्ने जनाइएको छ। सत्ता गठबन्धनबाट माओवादीका भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् ।

हिजो पक्षमा र विपक्षमा गरी दुई पटकसम्म मतदान भएको थियो। पहिलो चरणमा भएको मतदानमा भीम भण्डारीले बहुमत आवश्यक मत २७ पाएपनि विपक्षमा एक सांसदको मत बदर भएपछि उनको मत २६ पुग्यो।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ। हिजो कसैको पनि २७ मत नपुगेपछि आज ११ बजे निर्वाचन हुने भएको छ।

प्रकाशित: २९ पुष २०७९ ७:४४ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast