सर्वोच्चको फैसलाबाट कोही आत्तिनु पर्दैन : सुवास नेम्वाङ

हिमाल प्रेस १४ माघ २०७९ १५:३९ | Saturday, January 28, 2023
सर्वोच्चको फैसलाबाट कोही आत्तिनु पर्दैन : सुवास नेम्वाङ सुवास नेम्बाङ। फाइल तस्बिर

काठमाडौँ– सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। निवर्तमान उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नेपाल र अमेरिकाको दोहोरो नागरिकताका विषयमा सर्वोच्चले शुक्रबार रविको विपक्षमा गरेको फैसलाका सन्दर्भमा नेम्वाङले यस्तो बताएका हुन्।

सहिद दिवसको अवसर पारेर नेकपा एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधानअन्तर्गत नै हल गरेर अघि बढ्न आफूहरू सक्षम रहेको भनाइ राखे।

‘अहिले भर्खरका पनि घटनाक्रमहरू छन नि। सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्री उनले राजीनामा गर्नुपर्ने अवस्था भयो नि। के हुन्छ? यी सबै घटनाक्रमहरूलाई स्वभाविक रूपमा जनताले बनाएको यो संविधानअन्तर्गत हामी राजनीतिक दलहरूलाई यसलाई एउटा टुंगोमा पुर्‍याउन सक्षम छौं,’ उनले भने।

उनले सहिद दिवसमामात्र होइन, अन्य सबै दिनमा सहिदहरूलाई स्मरण गर्दै देश, संविधान र जनताका पक्षमा सबै राजनीतिक दल, नेता र नागरिक एकसाथ अघि बढ्नुपर्ने उनले बताए। निर्वाचनको गणितमा कुनै एउटा दलले मात्र बहुमत नल्याएको अहिलेको अवस्थामा सबै राजनीतिक दलले वुद्धि विवेक लगाएर काम गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: १४ माघ २०७९ १५:३९ | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast