‘सरी मम’ हेरेपछि खुसी कलाकार

हिमाल प्रेस ६ माघ २०७९ १४:३४ | Friday, January 20, 2023
‘सरी मम’ हेरेपछि खुसी कलाकार

काठमाडौँ- फिल्म ‘सरी मम’ हिजो (बिहीबार) बाट प्रदर्शनमा आएको छ। फिल्म धेरैलाई मन परेको छ। प्रदर्शनपछि दर्शकले फिल्म उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन्।

लागुऔषध दुव्र्यसन विरुद्धको कथामा आधारित फिल्म पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्र प्रदर्शन गरिएको हो। केही समयपछि सातै प्रदेशमा देखाइने निर्माण टिमले बताएको छ।

फिल्म हेरेपछि अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाले नेपाली कथावस्तुमा एकदमै उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिइन्। ‘फिल्मले राम्रो सन्देश दिने खोजेको छ,’ उनले भनिन्, ‘योे समाज र घरपरिवारको महत्त्व दर्शाउने फिल्म हो।’

त्यस्तै, अभिनेत्री सरिता लामिछानेले फिल्म राम्रो बनेको बताइन्। ‘यो गर्वको कुरा हो,’ उनले भनिन्, ‘लागुऔषधमा फसेका युवालाई निकाल्न के गर्न सकिन्छ भन्ने कुरा फिल्ममा रहेको छ। यो युवाह को कथा हो।’

फिल्म हेर्न अभिनेता सलोन बस्नेत पनि हल पुगेका थिए। उनले अहिलेको समाजका लागि यस्ता विषयवस्तु समेटिएका फिल्म जरुरी रहेको बताए।

नवीन बोगटीको निर्देशन रहेको फिल्ममा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ।

प्रकाशित: ६ माघ २०७९ १४:३४ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast