सबै सांसदसँग विश्वासको मत माग्न प्रचण्डको निर्देशन

हिमाल प्रेस २५ पुष २०७९ १२:५१
सबै सांसदसँग विश्वासको मत माग्न प्रचण्डको निर्देशन

काठमाडौँ- प्रतिनिधिसभाको बैठकअघि नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाका सबै सांसदसँग व्यक्तिगत रुपमा पनि मत माग्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ। आजको हाम्रो बैठक पनि त्यही केन्द्रित भयो। सबै दलका सांसदसँग व्यक्तिगत हिसाबले आपसमा कुरा गरेर मत माग्न उहाँ (प्रधानमन्त्री प्रचण्ड)ले निर्देशन पनि दिनु भएको छ।’

उनले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टीलगायत दलसँग पनि निरन्तर कुरा भइरहेको र कुराकानी सकरात्मक रहेको बताए। मंगलबारको संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ। आज सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ।

प्रकाशित: २५ पुष २०७९ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast