सन्‌राइज बैंकद्वारा चेतनामूलक भिडियो हस्तान्तरण

हिमाल प्रेस १२ माघ २०७९ १३:३९ | Thursday, January 26, 2023
सन्‌राइज बैंकद्वारा चेतनामूलक भिडियो हस्तान्तरण

काठमाडौँ- सन्‌राइज बैंक लिमिटेडले केन्द्रीय अनुसन्धान ब्यूरोलाई बैंकिङ सुरक्षासम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीलाई भिडियो हस्तान्तरण गरेका हुन्।

बैंकिङ क्षेत्रमा देखिएका विभिन्न विकृतिहरूलाई समेटेर भिडियो तयार पारिएको छ। जसमा बैंकिङ र डिजिटल बैंकिङमा अपनाउनु पर्ने सावधानी समेटिएको छ। बैंकले भिडियोलाई ‘कुशल’ नाम दिएको छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामाजिक सञ्जालको प्रयोगगरी सर्वसाधारणको पहुँचसम्म पुर्‍याइने जनाइएको छ।

प्रकाशित: १२ माघ २०७९ १३:३९ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast