सन्‌राइज बैंकका तीन नयाँ शाखारहित बैंकिङ एकाइ

हिमाल प्रेस १५ माघ २०७९ १७:२८ | Sunday, January 29, 2023
सन्‌राइज बैंकका तीन नयाँ शाखारहित बैंकिङ एकाइ

काठमाडौँ– सन्‌राइज बैंक लिमिटेडले थप तीन शाखारहित बैंकिङ एकाइ सुरु गरेको छ। बैंकले रुपन्देहीको गैडहवा गाउँपालिका ३ लौन्डिहवा, कैलालीको लम्कीचुहा नगरपालिका-६ गुलरा र नवलपरासीको कावासोती नगरपालिका-१ हिमालचोकमा नयाँ एकाइ सुरु गरेको हो।

यी तीनसहित सन्‌राइज बैंकका शाखारहित बैंकिङ सेवा संख्या १०० पुगेको छ।

यी एकाइबाट निक्षेप संकलन, भुक्तानी, रकम स्थानान्तरणजस्ता सेवा दिइने बैंकले जनाएको छ। सन्‌राइज बैंकका १३९ शाखा, १३ एक्सटेन्सन काउन्टर र १६१ एटीएम छन्।

प्रकाशित: १५ माघ २०७९ १७:२८ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast