 सांकेतिक तस्बिर
                             सांकेतिक तस्बिर
                                            तनहुँ- जिल्लाको व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङस्थित जनजागृति गंगा माध्यमिक विद्यालयमा एक शिक्षक राख्न अक्षयकोष स्थापना गरिएको छ। सोही वडास्थित आँपस्वाँरा सामुदायिक दलित होमस्टे र हेमसन इष्टिच्युटको सहकार्यमा आठ लाख २४ हजार एक रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो।
विद्यालयको ५१ औँ वार्षिकोत्सव एवं अभिभावक भेलाको अवसरमा होमस्टेका अध्यक्ष रेशमबहादुर विकले विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।
विद्यालय र होमस्टेको नाउँमा राखिएको अक्षयकोष रकमबाट प्राप्त हुने ब्याजले विद्यालयमा निजी स्रोतका शिक्षक राखेर पठनपाठनमा सहज बनाउने लक्ष्य रहेको छ।
तल्लो तहका विद्यार्थीलाई गुणस्तर शिक्षा प्रदान गर्ने उद्देश्यले दक्ष शिक्षक राखेर पठनपाठन कार्यलाई सहज बनाउने योजना रहेको छ। उनले भने, ‘सुरु कक्षाको शैक्षिक गुणस्तर राम्रो भयो भने माथिल्ला कक्षामा राम्रो प्रभाव पर्नसक्ने विश्वास गरिएको छ।’
उक्त विद्यालयमा अहिले करिब १७ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशमबहादुर विकले जानकारी दिए। उक्त विद्यालयमा दलित, जनजाति, गरिब र विपन्न समुदायका गरी दुई सय १३ विद्यार्थी अध्ययनरत छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 