लोकतन्त्रलाई राजनीतिक अधिकारको संकुचित परिभाषाबाट माथि उठाउनुपर्छ : ओली

हिमाल प्रेस ८ माघ २०७९ ७:१६ | Sunday, January 22, 2023
लोकतन्त्रलाई राजनीतिक अधिकारको संकुचित परिभाषाबाट माथि उठाउनुपर्छ : ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होसार (तवार ल्हो) पर्वले समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न प्रेरणा प्रदान गर्ने बताएका छन्।

सोनाम ल्होसारको शुभकामना दिँदै उनले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वले मुलुकको राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिकका आधार रहेको उल्लेख गरे।

संविधानले विविध भाषा तथा संस्कृति विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको भन्दै उनले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताए।

अध्यक्ष ओलीले नेपाल सुन्दर देशको बहुसांस्कृतिक विशेषता मौलिक पुँजीको रूपमा रहेको उल्लेख गर्दै एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताए।

सन्देशमा उनले लोकतन्त्रलाई राजनीतिक अधिकारको संकुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रुपमा व्यवहारमा अनुदित गर्न चाहेको बताए।

प्रकाशित: ८ माघ २०७९ ७:१६ | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast