लुम्बिनी बौद्ध र भारतको सिद्धार्थ विश्वविद्यालयबीच शैक्षिक सम्झौता

हिमाल प्रेस १० माघ २०७९ १७:२९ | Tuesday, January 24, 2023
लुम्बिनी बौद्ध र भारतको सिद्धार्थ विश्वविद्यालयबीच शैक्षिक सम्झौता

बुटवल– लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको सिद्धार्थ विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य र सिद्धार्थ विश्वविद्यालयका रजिस्ट्रार डा. अमेन्द्रकुमार सिंहले शैक्षिक तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

विश्वविद्यालयबीच पाली तथा संस्कृत भाषाको अध्ययनअनुसन्धान र शिक्षक विद्यार्थी आदानप्रदान गर्ने सहकार्य भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा हृदयरत्न बज्राचार्यले बताए।

विश्वविद्यालयको सहकार्यले प्राज्ञिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ। ‘प्राज्ञिक अनुभव आदानप्रदान र अनुसन्धानमा दुई विश्वविद्यालयबीच निरन्तर सहकार्य हुने विश्वास छ’, उनले भने।

अनुभव आदानप्रदानले प्राज्ञिक विकाससँगै दुई देशबीचको सम्बन्ध पनि थप बलियो बन्दै जाने सिद्धार्थ विश्वविद्यालयका उपकुलपति हरिबहादुर श्रीवास्तवले बताए।

अब अध्ययनअनुसन्धानलाई सहकार्यमा अघि बढाउन सहज हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रा डा. तिलकराम आचार्यले बताए।

सिद्धार्थ विश्वविद्यालयबाट उकुलपति श्रीवास्तवको नेतृत्वमा रजिस्ट्रार सिंह, डिन प्रा. हरिशकुमार शर्मा, प्रा. सुशील तिवारी, डा. नितायादव, डा. अभिनाश प्रताप सिंह, प्रा. मञ्जु द्विवेदीसहितको टोली लुम्बिनी आएको थियो।

प्रकाशित: १० माघ २०७९ १७:२९ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast