लगानी बढाउने नीति अबलम्बन गर्न उद्योगमन्त्रीलाई व्यवसायीको आग्रह

हिमाल प्रेस ४ माघ २०७९ १६:४६ | Wednesday, January 18, 2023
लगानी बढाउने नीति अबलम्बन गर्न उद्योगमन्त्रीलाई व्यवसायीको आग्रह

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई)मा आबद्ध व्यवसायीहरूले लगानी बढाउने नीति अबलम्बन गर्न नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई सुझाव दिएका छन्। मन्त्री दामोदर भण्डारीसँग बुधबार भेटवार्ता गर्दै व्यवसायीहरूले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदजस्ता कारणले उद्योगी व्यवसायीको मनोबल खस्किएको धारणा राखे।

सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले व्यवसायीको मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति उद्योगमन्त्रीले लिनुपर्ने बताए।

उनले भने, ‘मुलुक आर्थिक संकटमा छ, यो अवस्था समाधानका लागि सरकारले औद्योगीकरणको नीति लिनुपर्छ।’ औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसर सिर्जना हुने अग्रवालले बताए।

मन्त्री भण्डारीले व्यवसायीले दिएका सुझाव मनन् गरेर अगाडि बढ्ने बताए। उनले भने, ‘यहाँहरूको सल्लाह र सुझाव मानेर कार्यान्वयन गर्न सकिने कामको योजना बनाएर अगाडि बढाउने छु।’

प्रकाशित: ४ माघ २०७९ १६:४६ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast