रौतहट- रौतहटमा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ। कटहरिया र यमुनामाई नगरपालिकामा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको हो।
कटहरिया–१ भसेढवा ९० वर्षीय धेनुक साह कानुको बुधबार चिसोले कठ्यांग्रिएर मृत्यु भएको कटहरिया १ का वडाध्यक्ष भुपेन्द्र महतो कोइरीले जानकारी दिए।
त्यसैगरी चिसोले कठ्यांग्रिएर यमुनामाइ गाउँपालिका ५ झुनखुनवाका ७० वर्षीय लालमहम्द मियाँ कवारीको पनि मृत्यु भएको छ। उनी सुतेकै ठाउँमा मृत फेला परेको परिवारका सदस्यले बताएका छन्।
                            प्रकाशित: २८ पुष  २०७९ ८:५५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

