रुइतले राज्यप्रति राखेको अपेक्षालाई गम्भीरतापूर्वक लिएको छु : प्रधानमन्त्री

हिमाल प्रेस ५ माघ २०७९ ९:५५ | Thursday, January 19, 2023
रुइतले राज्यप्रति राखेको अपेक्षालाई गम्भीरतापूर्वक लिएको छु : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेत्र चिकित्सक सुन्दक रुइतले राज्यप्रति गरेको अपेक्षालाई गम्भीररूपमा लिएको बताएका छन्।

ईसा अवार्डबाट पुरस्कृत भएको खुसीयालीमा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत रुइतलाई बधाई दिँदै सोही कुरा बताएका हुन्।

रुइतले मानव कल्याणको क्षेत्रमा गरेको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय भएको प्रधानमन्त्रीले बताएका छन्।
बुधबार पत्रकार सम्मेलनमार्फत रुइतले नेपालमा आँखाको लेन्स उत्पादन उद्योग खोल्न आर्थिक सहयोग र तिलगंगा आँखा प्रतिष्ठानलाई इन्टरनेशन अप्थाल्मिक (आँखा उपचार) इन्ष्टिच्युसनल हब बनाउन राज्यबाट अपेक्षा गरेका थिए।

उनका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिएको प्रधानमन्त्रीले बताएका हुन्।

प्रकाशित: ५ माघ २०७९ ९:५५ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast