काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडको १६औँ वार्षिक साधारण सभाले १४.२१०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट बैंकले १३.०५ प्रतिशत बोनस सेयर र बाँकी कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने भएको छ।
सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले बैंकको हालको अवस्थाको बारेमा जानकारीसमेत गराएका थिए।
उनले हरेक वर्ष सेयरधनीलाई उच्च प्रतिफल बाँड्ने गरी बैंकले काम गर्दै आएको बताए।
प्रकाशित: १ माघ २०७९ १३:५४ | Sunday, January 15, 2023
प्रतिक्रिया



