महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

हिमाल प्रेस १७ माघ २०७९ १५:४१ | Tuesday, January 31, 2023
महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गरेको छ।  महालक्ष्मी विकास बैंकको कपिलवस्तुस्थित चन्द्रौटा शाखाले शिवराज नगरपालिका वडा नं ५ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालयमा अन्तरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।

बैंकले नर्सरीदेखि कक्षा ३ सम्म अध्ययनरत १८६ जना विद्यार्थीलाई स्वीटर हस्तान्तरण गरेको छ।

बैंकको हेटौँडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणका लागि २० हजार रुपैयाँ सहयोग गरेको छ। आश्रममा अशक्त, असहाय, शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएकाहरू बस्दै आएका छन्।

त्यसैगरी बैंकको सुकेधारा शाखाले मैँजुहिटी वडा नं ७ काठमाडौँस्थित टोखा जेष्ठ नागरिक समाजलाई टेबल हस्तान्तरण गरेको छ।

प्रकाशित: १७ माघ २०७९ १५:४१ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast