महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिम इलेक्ट्रोनिक्समा छुट

हिमाल प्रेस २८ पुष २०७९ १७:२१ | Thursday, January 12, 2023
महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिम इलेक्ट्रोनिक्समा छुट

काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेडले हिम इलेक्ट्रोनिक्स प्रालिसँग सम्झौता गरेको छ। यसअनुसार महालक्ष्मी विकास बैंकका ग्राहकले सामसङ डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, चुच्चेपाटी, भक्तपुर, पुल्चोक र खुसीबूँ शाखामा छुट पाउने भएका छन्।

ग्राहकले हिम इलेक्ट्रोनिक्सबाट विद्युतीय सामग्री खरिदमा १५ प्रतिशत र मोबाइल फोनको खरिदमा ५ प्रतिशत छुट पाउनेछन्। छुटका लागि ग्राहकले महालक्ष्मीको मोबाइल एप वा कार्डबाट भुक्तानी गर्नुपर्नेछ।

प्रकाशित: २८ पुष २०७९ १७:२१ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast