 प्रतीकात्मक तस्बिर।
                             प्रतीकात्मक तस्बिर।
                                            मनाङ– मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा आउनुभएका एक पर्यटकको मृत्यु भएको छ। कोरियन पर्यटक ५३ वर्षीया जोनसिनको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। अन्नपूर्ण पदमार्गअन्तर्गतको थोराङपासको दुई सय मिटर तल कोरियन पर्यटक मृतावस्थामा भेटिएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालका अनुसार उनी कुनै एजेन्सीसँग समन्वय नगरी एक्लै मनाङ भ्रमणमा आएको पत्ता लागेको छ। ‘जोखिम यात्रामा कुनै पोर्टर, एजेन्सीसँगको समन्वय विना आउँदा अप्रिय घटना घट्ने गरेको छ, पर्यटकले बुझेर आएमा बचाउन सकिने थियो’, उनले भने। पर्यटकको उद्धारमा गएका प्रहरी टोली लेक लागेर बाटोबाटै फर्किएका छन्। -रासस
                            प्रकाशित: २ माघ  २०७९ २१:५२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 