काठमाडौँ- मधेश प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनको आह्वान गरेका छन्। मिश्रले पुस २८ गते दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।
मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीको दाबी पेस गर्न भनिएको छ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपा र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादीका १-१ र पाँच स्वतन्त्र सांसद छन्।

                            प्रकाशित: २२ पुष  २०७९ १५:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

