बैतडीमा मृत भेटिए दुई व्यक्ति

हिमाल प्रेस ६ माघ २०७९ १३:२७ | Friday, January 20, 2023
बैतडीमा मृत भेटिए दुई व्यक्ति प्रतीकात्मक तस्बिर।

बैतडी- बैतडीको छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन्। नेपाल-भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका-४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारीपछि घर फर्किरहेका थिए। चन्दको मृत्युका कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै चार दिनदेखि बेपत्ता रहेकी सिँगास गाउँपालिका–६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधिका थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेकी छन्।

राधिका माघ २ गते दिउँसो घाँस काट्न जान्छु भनेर घरबाट निस्केको बताइएको छ। घाँस काट्न निस्केकी उनी घर नआएपछि खोजी गर्दै जाँदा मृत भेटिएकी हुन्।

प्रकाशित: ६ माघ २०७९ १३:२७ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast