बागमतीमा पनि मन्त्रालयको संख्या घटाइँदै

हिमाल प्रेस २६ पुष २०७९ १३:०८ | Tuesday, January 10, 2023
बागमतीमा पनि मन्त्रालयको संख्या घटाइँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल। फाइल तस्बिर।

काठमाडौँ- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पनि प्रदेशमा मन्त्रालय घटाउने भएका छन्।

मुख्यमन्त्रीको शपथ ग्रहणपछि मंगलवार बिहान सञ्चरकर्मीसँग कुराकानी गर्दै उनले प्रदेशमा मन्त्रालयको संख्या बढी भएको गुनासो आएकाले मन्त्रालयको संख्या घटाउन लागेको बताएका हुन्। उनले आजै प्रदेशको मुख्यमन्त्रीको पदभारसमेत ग्रहण गरेका छन्।

मुख्यमन्त्री जमकट्टेलले मन्त्रालयको संख्या यकिन गर्न प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको र समितिले १५ दिनभित्र प्रतिवेदन दिने बताए।

मुख्यमन्त्री जम्कट्टेलसहित एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजनामन्त्री र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीका रूपमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रदेश प्रमुखको कार्यालय हेटौंडामा शपथग्रहण गरेका थिए।

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पनि मन्त्रालयको संख्ण्या घटाउने निर्णय गरेका छन्।

प्रकाशित: २६ पुष २०७९ १३:०८ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast