बागमतीका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री, मन्त्रिपरिषद् विस्तारबारे छलफल

हिमाल प्रेस २८ पुष २०७९ ९:१० | Thursday, January 12, 2023
बागमतीका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मन्त्रिपरिषद् विस्तारका बारेमा सल्लाह लिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा म्मरकट्टेलले बिहीबार बिहान प्रचण्डसँग भेटेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री जम्मरकट्टेलबीच बधाई साटासाट भएको थियो। जम्मरकट्टेल माओवादी नेता हुन्। उनी एमाले नेतृत्वको गठबन्धनबाट बागमतीको मुख्यमन्त्री बनेका हुन्। मुख्यमन्त्री बनेलगत्तै उनी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन्।

साथै, बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे पनि उनीहरूबीच छलफल भएको छ। जम्मरकट्टेलले बागमतीमा मन्त्रालयको संख्या घटाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन्।

 

 

 

प्रकाशित: २८ पुष २०७९ ९:१० | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast