प्रावि लिखित परीक्षाको नतिजा सार्वजनिक

हिमाल प्रेस २८ पुष २०७९ १८:०७ | Thursday, January 12, 2023
प्रावि लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको प्रावि लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो।

आयोगले गत चैत्र १९ र असार १३ गते लिएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत)परीक्षाको नतिजामा उत्तीर्ण परीक्षार्थीलाई माघ १८ गतेदेखि २२ गतेसम्म शिक्षा विकास तथा समन्वय इकाइ कैलालीमा अन्तर्वार्ता हुने जनाएको छ।

आयोगले सार्वजनिक गरेको नतिजाअनुसार बाजुरा जिल्लाको लागि ७३ रिक्त दरबन्दीमा ६५ जना, अछाममा १३७ रिक्त दरबन्दीको लागि १९० जना शिक्षकले परीक्षा दिएकोमा १३५ जना मात्रै उत्तीर्ण भएका छन्।

यस्तै डोटीको १४८ रिक्त दरबन्दीको परीक्षामा ३०९ जना सहभागी भएकोमा १३४ जना, कञ्चनपुरमा ७६ रिक्त दरबन्दीको २१८ जनाले परीक्षा दिएकोमा ८० जना उत्तीर्ण भएका छन्।

नतिजामा चित्त नबुझेको उम्मेदवारले माघ ४ गतेभित्र पुर्नयोगका लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ।

प्रकाशित: २८ पुष २०७९ १८:०७ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast