प्रधानमन्त्री भन्छन् : नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढाउने कुचेष्टा भइरहेको छ

हिमाल प्रेस ८ माघ २०७९ १६:३७ | Sunday, January 22, 2023
प्रधानमन्त्री भन्छन् : नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढाउने कुचेष्टा भइरहेको छ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढीरहेको भन्दै दुःख व्यक्त गरेका छन्। आज आइतबार तामाङ समुदायको पर्व ल्होछारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी संस्कृतिको प्रभुत्व र हस्तक्षेप बढीरहेको बताएका हुन्।

विगतमा सामन्ती,एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको र अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवर्द्धन हुन नदिने कुचेष्टा भइरहेको उनको आरोप छ।

अहिले पनि सामन्ती, एकात्मक र हस्तक्षेपविरुद्धको लडाइँ जारी रहेको भन्दै उनले भने, ‘विगतमा एकातिर सामन्ती,एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चल्यो भने आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवर्द्धन हुन नदिने चेष्टा भइरहेको छ।’

प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व सबैको काँधमा रहेको बताए।

‘हामी एकातिर सामन्ती, एकात्मक र हस्तक्षेपबिरुद्धको लडाईं जारी छ भने वैदेशिक सांस्कृतिक हस्तक्षेपका कारणले पनि नयाँ परिस्थितिमा छौँ,’ उनले भने, ‘त्यसकारण हामीले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, हाम्रा ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व हामी सबैको काँधमा छ।’

नेपालमा परिकल्पना गरिएको संघीयताको सही तरिकाबाट अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ। उनले माघ १५ गतेदेखि नेपाल टेलिभिजनबाट तामाङ भाषामा समाचार प्रशारण हुने पनि जानकारी गराए।

प्रकाशित: ८ माघ २०७९ १६:३७ | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast