प्रदेशको नामकरणलाई पहिलो प्राथमिकतामा राखेको छु : मुख्यमन्त्री कार्की

हिमाल प्रेस १६ माघ २०७९ २०:११ | Monday, January 30, 2023
प्रदेशको नामकरणलाई पहिलो प्राथमिकतामा राखेको छु : मुख्यमन्त्री कार्की हिक्मत कार्की। फाइल तस्बिर।

इटहरी– प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय शिक्षा प्रदानमा निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल मोरङ (हिसान)द्वारा आयोजित खेलकुद सप्ताह-२०७९ को समापन गर्दै उनले शिक्षा क्षेत्रमा सरकारले गर्नुपर्ने लगानी निजी क्षेत्रले विद्यालयहरू सञ्चालनका लागि गरेको उल्लेख गरे।

संघीयतालाई स्थापित गर्ने दायित्व हामी सबै काँधमा आएको बताउँदै उनले प्रदेश संरचनाको सम्बन्धमा उठेका विभिन्न क्षेत्र एवम् व्यक्ति गर्ने आलोचनालाई चिर्न सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री कार्कीले सरकारले प्रदेशको नामकरणलाई उच्च प्राथमिकतामा राखेको छ भन्दै यसका लागि आवश्यक सुझाव एवम् सल्लाह दिन आग्रह गरे।

यही माघ १० देखि १६ गतेसम्म स्थानीय शहीद रंगशालामा सञ्चालित खेलकुद सप्ताहमा जिल्लाका २८ वटा विद्यालयका १ हजार ७ सय विद्यार्थीहरूले फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, टेबलटेनिस सिंगल र डबल, लामो र छोटो दूरीको दौडलगायत प्रतियोगितामा भाग लिएका थिए। सो अवसरमा मुख्यमन्त्री कार्कीले विभिन्न विद्यालयमा अध्ययनरत उत्कृष्ट छात्र, छात्रा र प्राचार्यलाई सम्मान गरेका छन्।

प्रकाशित: १६ माघ २०७९ २०:११ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast