प्रचण्डका ज्वाइँलाई मन्त्री बनाएकोमा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको आपत्ति

हिमाल प्रेस ३० पुष २०७९ १४:१४ | Saturday, January 14, 2023
प्रचण्डका ज्वाइँलाई मन्त्री बनाएकोमा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको आपत्ति

काठमाडौँ- सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रदेश नं १ सरकारको मन्त्रिमण्डलमा माओवादी केन्द्रका नेता जीवन आचार्यलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएकोमा आपत्ति जनाएको छ। फाउन्डेशनले विज्ञप्ती जारी गर्दै जातीय, क्षेत्रीय, वर्गीय तथा योगदान एवं लाल र निपूर्ण, सबै हिसावले आचार्यभन्दा धेरै योग्य अन्य सांसदलाई पाखा लगाइएको भन्दै आरोप लगाएको हो।

फाउन्डेसनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’का ज्वाइँ आचार्यलाई मन्त्री नियुक्त गरिनुले नेतृत्वप्रतिको जनविश्वास घटाउने तथा पद र शक्तिको लागि निर्लज्ज निर्णय गर्ने विकृत अभ्यासलाई प्रेरित गरेको समेत ठहर गरेको छ।

फाउन्डेसनका महासचिव अटल आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा हामी कमरेड अध्यक्षलाई कमरेड माओको कुरा स्मरण गराउन चाहन्छौं। माओ भन्नुहुन्थ्यो, जहाँसम्म पार्टी निर्माणको प्रश्न छ, यो सिंढी जस्तै छ । यदि सिंढी बनाउने हो भने सबैभन्दा पिधलाई प्राथमिकता दिएर पिंधबाट क्रमशः थाल्नु पर्छ।’

प्रकाशित: ३० पुष २०७९ १४:१४ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast