प्यालेसमाथिको जितले चेल्सीलाई राहत, न्युकासलको अपराजित यात्रा कायमै

हिमाल प्रेस १ माघ २०७९ २१:४९ | Sunday, January 15, 2023
प्यालेसमाथिको जितले चेल्सीलाई राहत, न्युकासलको अपराजित यात्रा कायमै

काठमाडौँ- काई हाभर्ट्सले खेलको एक मात्र गोल गरेपछि चेल्सीले क्रिस्टल प्यालेसलाई आइतबार राति १–० ले पराजित गरेको छ। इंग्लिस प्रिमियर लिगका पछिल्ला तीन खेलबाट एक अंक बटुलेको चेल्सीलाई यो जितले राहत दियो।

फल्स नाइन बनेर खेलेका हार्भट्सले हाकिम जियचको क्रसमा ६५ औँ मिनेटमा हेडर गोल गरेका थिए। जर्मन फरवार्डका लागि जारी सिजनमा यो पाँचौँ लिग गोल हो।

गत साता फुलहम र त्यसअघि म्यानचेस्टर सिटीसँग हारेको चेल्सीको अब १९ खेलबाट २८ अंक भएको छ। नवौँ स्थानको लिभरपुलको पनि २८ अंक नै छ।

आइतबार राति नै भएको अर्को खेलमा न्युकासल युनाइटेडले फुलहमलाई १–० ले हरायो। न्युकासलको जितमा अलेक्जान्डर इसाकले निर्णायक गोल गरे। चोटका कारण पछिल्ला १० लिग खेल गुमाएका इसाकले पुनरागमनै गोल गरेका हुन्।

रियल सोसिडाडबाट यही सिजन न्युकासल पुगेका स्विडिस स्ट्राइकरले आफ्नो पहिलो खेलमै गोल गरेका थिए। त्यसपछि दुई खेल खेल्न साथ इसाक घाइते हुन पुगे।

लिगमा १० औँ जित दर्ता गरेपछि न्युकासल तेस्रो स्थानमा उक्लिएको छ। १४ खेलको अपराजित यात्रा कायम राखेको न्युकासलको १९ खेलबाट ३८ अंक छ। जुन दोस्रो स्थानको सिटीको भन्दा एक कम हो।

चौथो स्थानको युनाइटेडको पनि ३८ अंक नै छ। पराजित फुलहम २० खेलबाट ३१ अंक बटुलेर छैटौँ स्थानमा छ।

प्रकाशित: १ माघ २०७९ २१:४९ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast