सांकेतिक तस्बिर।
पोखरा- पोखराबाट ३ किलो चरेससहित १ जना पक्राउ परेका छन्। कास्की प्रहरीले पृथ्वीचोकबाट चरेशसहित ३५ वर्षका विरेन शाहीलाई पक्राउ गरेको हो।
प्रहरीले शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट चरेश बरामद गरेको हो। उनले बोकेको झोलाबाट ३ किलो ३ सय ग्राम चरेस र एक थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध लागुऔषध सम्बन्धी मुद्धामा अदालतबाट सात दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए।
प्रकाशित: २६ पुष २०७९ ७:०२ | Tuesday, January 10, 2023
प्रतिक्रिया



