पल शाहले तनहुँ अदालतबाट पाए सफाइ

हिमाल प्रेस ३ माघ २०७९ १८:२५ | Tuesday, January 17, 2023
पल शाहले तनहुँ अदालतबाट पाए सफाइ

काठमाडौँ-  नाबालिगमाथि बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले तनहुँ अदालतबाट सफाइ पाएका छन्। जबरजस्ती करणीको मुद्दामा थुनामा रहेका शाहको मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत तनहुँले आज मंगलबार सफाइ दिएको हो।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मुद्दाको अन्तिम सुनुवाइपछि उक्त फैसला भएको हो। दुवै पक्षबाट मंगलबार दिनभर बहस भएको थियो। जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला आएको जानकारी दिए। तनहुँ अदालतबाट सफाइ पाए पनि पल तत्कालै रिहा भने हुने छैनन्।

उनलाई जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको छ। यो सजाय काटेपछि मात्र उनी रिहा हुनेछन्।

शाहले उच्च अदालत पोखरामा पुरावेदन मुद्दा दायर गरेका छन्।

प्रकाशित: ३ माघ २०७९ १८:२५ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast