काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आलोकनगरमा सुरू भएको छ। बैठकले सरकारमा जाने या नजाने विषय टुंगो लगाउने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकमा नेताहरूबीच सरकारमा जाने या नजाने विषयमा विवाद भएको थियो। केही नेताहरूले सरकारमा जानुपर्ने अडान राखेका छन् भने केहीले समर्थन मात्रै गरेर सहयोग गर्नुपर्ने धारणा राखेका छन्।
यस्तै नेकपा एमालेसँगको एकीकरणका बारेमा पनि बैठकमा छलफल हुनेछ।
                            प्रकाशित: १८ पुष  २०७९ १२:०७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

