‘निफ’मा ३५ देशका ९५ फिल्म देखाइने

हिमाल प्रेस १२ माघ २०७९ १४:५३ | Thursday, January 26, 2023
‘निफ’मा ३५ देशका ९५ फिल्म देखाइने

काठमाडौँ- ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) २०२३’ को छैटौँ संस्करणका लागि ३५ देशका ९५ फिल्म छनोट भएका छन्।

महोत्सवमा नेपालसहित बांग्लादेश, इरान, चीन, मेक्सिको, भारत, जापान, ब्राजिल, अमेरिका, साउथ कोरिया, कजाकिस्तान, टर्की, सर्बिया, इन्डोनेसिया, जर्मनी, क्यानडा, इजिप्ट, थाइल्यान्ड, रुस, नेदरल्यान्ड्स, इटली, फ्रान्स, अस्ट्रेलिया, मलेसियालगायत ३५ देशका फिल्म, डकुमेन्टी, सर्ट फिल्म, एनिमेटेड फिल्म आदि छनोट भएका छन्।

सन् २०२१ पछि निर्माण गरिएको फिल्म समावेश गरिने महोत्सवमा आवेदनको अन्तिम मिति पुस १० सम्म थियो। जसमा ५५ देशबाट पाँच सयभन्दा बढी फिल्मका आवेदन प्राप्त भएका थिए। तीमध्ये ३५ देशका ९५ फिल्म छनोट भएका छन्।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, एनिमेटेड फिल्मलगायत सात विधामा १४ वटा अवार्ड प्रदान गरिनेछन्।

निफ आगामी चैत २ देखि ६ (मार्च १६-२०) सम्म आयोजना हुनेछ। नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गर्ने निफका फिल्म क्युएफएक्स सिनेमाजमा देखाइनेछन्।

प्रकाशित: १२ माघ २०७९ १४:५३ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast