निःशुल्क आँखा शिविरमार्फत ३५८ जनाको उपचार

हिमाल प्रेस १३ माघ २०७९ ९:१२ | Friday, January 27, 2023
निःशुल्क आँखा शिविरमार्फत ३५८ जनाको उपचार सांकेतिक तस्बिर।

कपिलबस्तु- कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३५८ जनालाई उज्यालो प्रदान गरिएको छ । नेत्रज्योति संघ, अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जलले आँखा शिविरमार्फत मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरेको हो।

कपिलबस्तु जिल्लाका बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकासँगको सहकार्यमा शिबिर सञ्चालन गरिएको थियो।

संघले पैसाको अभावका कारण कोही पनि अन्धोपनमा जिवन बिताउन नपरोस् भन्ने उद्देश्यले हुनेसँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकारसँगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दैआएको छ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा कपिबस्तुका दुई वटा स्थानीय तहमा निशुल्क आँखा शिविर सम्पन्न भएका छन्।

बुद्धभूमि नगरपालिमा माघ ९ र १० गते सञ्चालित शिविरमा २०२ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको संघले जनाएको छ। १ हजार २९४ जनाको आँखा परीक्षण गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी दिए।

घर आगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि स्थानीय खुशी भएका छन्। शिविरमा अस्पतालकी चिफ मेडिकल डाइरेक्टर, आँखा रोग विशेषज्ञ डा। सुलक्ष्मी कटुवाल नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा गर्दै आइरहेको छ।

प्रकाशित: १३ माघ २०७९ ९:१२ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast