नागरिकतामा दोस्रो श्रीमान्‌को नाम राख्‍ने बढे

हिमाल प्रेस २७ पुष २०७९ ११:०४ | Wednesday, January 11, 2023
नागरिकतामा दोस्रो श्रीमान्‌को नाम राख्‍ने बढे सांकेतिक तस्बिर।

रोल्पा- रोल्पामा दोस्रो श्रीमान्‌को नामबाट नागरिकता लिने महिलाको संख्या बढ्दै गएका छन्। जिल्लामा सम्बन्धविच्छेदको संख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको संख्या पनि बढेका हुन्।

पहिलो श्रीमान्‌बाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमान्‌को नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन्। जिप्रका रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमान्को नाम हटाइ दोस्रोको नाम कायम भई एक हजार आठ सय १० वटा नागरिकता जारी भएको थियो।

सो वर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाबाट कूल सात हजार तीन सय ९४ वटा नयाँ नागरिकता जारी भएको थियो । यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएको थियो। जिल्लामा वर्षभर जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपि नागरिकता पहिलो श्रीमान्‌को नाम हटाइ दोस्रो श्रीमान्‌को नाम कायम गर्ने गरी आउने गरेका छन्।

‘जिल्लामा सानै उमेरमा विवाह गर्ने र उमेर पुगेसँगै सम्बन्धविच्छेद गर्ने मात्रा बढेसँगै स्थानीय तहको सिफारिससँगै नागरिकतामा पहिलो श्रीमान्को नाम हटाइ दोस्रो श्रीमान्‌को नाम कायम गर्नेको संख्या पनि बढिरहेको छ’, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने।

प्रकाशित: २७ पुष २०७९ ११:०४ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast