धर्मदेव पशुपति स्मृति प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

हिमाल प्रेस १२ माघ २०७९ १५:५१ | Thursday, January 26, 2023
धर्मदेव पशुपति स्मृति प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

धनगढी– कैलालीको धनगढीमा धर्मदेव पशुपति स्मृति प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ। पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि प्रतियोगिता हुने भएको हो।

प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। संयोजक मेम्बर सिंहका अनुसार देशभरमै सर्वाधिक पुरस्कार राशिको ब्याडमेन्टन प्रतियोगिता प्रदेशमा संचालन हुन लागेको हो। प्रतियोगितामा खुला डबल्स, ४५ प्लस भेट्रान र ५५ प्लस भेट्रान गरी तीन ईभेन्टमा संचालन गरिने बताए।

खुला डबल्समा प्रथमलाई १ लाख २१ हजार, द्वितीयलाई ७१ हजार र तृतीयलाई ५१ हजार रकम पुरस्कारसँगै मेडल तथा ट्रफी प्रदान गरिने छ। ४५ प्लस भेट्रानअर्न्तगत प्रथमलाई ५१ हजार, द्वितीयलाई ३१ हजार र तृतीयलाई २१ हजार नगद तथा ५५ प्लस भेट्रानअर्न्तगत प्रथमलाई ३१ हजार, द्वितीयलाई २१ हजार र तृतीयलाई ११ हजार नगदसहित ट्रफी, मेडल प्रदान गरिने संयोजक सिंहले बताए।

प्रतियोगिताको जम्मा पुरस्कार राशि ४ लाख ९ हजार हुने छ। प्रतियोगितामा सहभागी हुने खेलाडी ओपन डबलमा ३ हजार तथा भेट्रानतर्फ दुई हजार प्रवेश शुल्क तोकिएको छ। प्रतियोगितामा फागुन ९ गतेभित्र नाम दर्ता गरिने र १० गते टाइसिट निकालिने उनले बताए। सटर कटमा योनेक्स सनराइज प्रायोजक रहेको छ।

प्रकाशित: १२ माघ २०७९ १५:५१ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast