धनकुटा : सिंधुुवा बजारमा आगलागी हुँदा ४९ लाखको क्षति

हिमाल प्रेस ३० पुष २०७९ ९:३७ | Saturday, January 14, 2023
धनकुटा : सिंधुुवा बजारमा आगलागी हुँदा ४९ लाखको क्षति

धनकुटा- धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुवा बजारमा भएको अगलागीमा ४९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको फ्रेस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागीबाट राईको घर पूर्णरुपमा क्षति भएको छ भने अन्य चार वटा पक्की घरको छतमा निर्मित टिनका संरचना नष्ट भएका छन्।

आगलागीबाट राईको दुई तोला सुन र नगद दुई लाखसहित ३७ लाख र डिकबहादुर खड्का र होमबहादुर थापाको संयुक्त घरमा निर्मित पाँच लाख बराबरको छतको संरचना नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिए।

त्यस्तै झमक थापाको दुई तोला सुन र ७० हजार नगदसहित पाँच लाख, अर्जुन घिमिरेको एक लाख र डम्बर थापाको ५० हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जानकारी दिएको छ। आगलागी पीडितलाई राहतका लागि गाउँपालिकाको विपद् व्यवस्थापन टोली उक्त स्थानमा पुगेर राहत दिने तयारी भइरहेको पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए।

 

प्रकाशित: ३० पुष २०७९ ९:३७ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast