तलबसहित दान पेटिकाको रकम दुर्गमका विद्यालयलाई दिने पर्यटनमन्त्रीको घोषणा

हिमाल प्रेस १४ माघ २०७९ १३:३७ | Saturday, January 28, 2023
तलबसहित दान पेटिकाको रकम दुर्गमका विद्यालयलाई दिने पर्यटनमन्त्रीको घोषणा फाइल तस्बिर।

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा संकलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताएका छन्।

यही माघ ३ गते पद बहालीका क्रममा माला र खादा लिएर नआउन आफन्त तथा शुभेच्छुकलाई आग्रह गरेका थिए। उनले माला र खादाको खर्च दान पेटिका बनाएर दुर्गम क्षेत्रको शिक्षामा लगानी गर्ने उद्घोष गरेका थिए।

दान पेटिका माघ १३ गतेदेखि बन्द गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउदै उनले बिदाबाहेक सात दिनमा संकलित रकम, आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर छ लाख चार सय ४४ रुपैयाँ रकम शिक्षामा खर्चिने उल्लेख गरेको हो।

‘आम जनताका लागि केही राम्रो कार्य गर्ने क्रममा बधाई दिन आउने महानुभावबाट खादा र माला लिनुको सट्टा दान पेटिकामा रकम हाल्न भन्यौँ, संकलित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रुपमा दुर्गम क्षेत्रका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिनेछ’, पर्यटनमन्त्रीले उल्लेख गरेका छन्।

पर्यटनमन्त्रीको सचिवालयका अनुसार संकलित रकम दुर्गमका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ। विद्यालयको छनोट गरी चाँडै हस्तान्तरण गरिने जनाइएको छ। उक्त प्रयोजनका लागि आवश्यक कार्यविधि बनाइने जनाइएको छ।

प्रकाशित: १४ माघ २०७९ १३:३७ | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast