टिपर दुर्घटना हुँदा युवकको मृत्यु

हिमाल प्रेस १२ माघ २०७९ १०:०५ | Thursday, January 26, 2023
टिपर दुर्घटना हुँदा युवकको मृत्यु

रुपन्देही- बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका वडा नंं ५ केराबारीमा टिपर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ना ८ ख ७९२४ नम्बरको टिपर सडकबाट खोलामा खसेको हो।

बुधबार राति भएको दुर्घटनामा चालक स्याङ्जा गल्याङ नगरपालिका–१ का राम्दीका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको हो।

दुर्घटना भई टिपर सडकबाट खसेपछि घटनास्थलमा पुगेको प्रहरीले बुधबार राती खोजतलास गरे पनि चालकलाई फेला नपारेपछि बिहीबार बिहान पुनः खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए।

 

प्रकाशित: १२ माघ २०७९ १०:०५ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast