जाडोयामसँगै चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

हिमाल प्रेस १४ माघ २०७९ १४:४४ | Saturday, January 28, 2023
जाडोयामसँगै चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

कपिलवस्तु– जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ। अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ। दुई दशकदेखि सिद्रा व्यापार गरिरहेका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको र असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म चल्ने बताए।

वर्षभरि ४० देखि ४५ क्विन्टलसम्म सिद्राको व्यापार गर्ने उनको भनाइ छ। ‘अरूभन्दा जाडो मौसममा सिद्राको व्यापार फष्टाउँछ,’ उनले भने। चन्द्रौटा बजारभित्र झण्डै दुई दर्जन व्यापारीले सिद्रा बेच्छन्। यहाँको सिद्रा किन्न रोल्पा, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पादेखि कोहलपुरसम्मबाट सेवाग्राही आउँछन्।

जाडो हटाउन सिद्राको झोल खाने चलन छ। सिद्रा साना साना भुरा माछा मारेर बनाइन्छ। खाँदा माछाको स्वाद आउने र जाडो भगाउने हुँदा यसको व्यापार जाडोमा फष्टाएको हो।

रुकुम मुसिकोट नगरपालिका-११ बाट सिद्रा लिन चन्द्रौटा बजार आउनुभएकी जमुना बुढाले पहाडमा सिद्राको महत्व बढी भएकाले सिद्रा किन्न आएको बताए। जाडोमा तातो झोलको लागि सिद्रा खान उत्तम रहेको उनले जानकारी दिए। सुत्केरी, वृद्धवृद्धा, बालबच्चालाई चिसोबाट बचाउन यसको झोल उत्तम हुने उनको विश्वास छ। -रासस

प्रकाशित: १४ माघ २०७९ १४:४४ | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast