ग्लोबल आइएमई बैंकले नीलकण्ठ नगरवासीलाई उद्यमशील कर्जा दिने

हिमाल प्रेस ६ माघ २०७९ १३:१६ | Friday, January 20, 2023
ग्लोबल आइएमई बैंकले नीलकण्ठ नगरवासीलाई उद्यमशील कर्जा दिने

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड र धादिङको नीलकण्ठ नगरपालिकाबीच उद्यमशीलता कर्जासम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले स्वरोजगार बन्न चाहने नगरबासीलाई उद्यमशील तथा स्वरोजगार कर्जा दिनेछ। जसमा नगरपालिकाले ब्याज अनुदान दिनेछ।

बैंकले उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत वित्तीय साक्षरता तालिम लिएका नगरबासीलाई व्यावसायिक बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, माछापालन, फलफूल उत्पादनलगायत अन्य लघु उद्यममा लगानी गर्नेछ।

सम्झौतामा बैंकले वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गर्ने जनाइएको छ।

प्रकाशित: ६ माघ २०७९ १३:१६ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast