‘गुलाबी’मा यस्ता देखिए नाजिर

हिमाल प्रेस १२ माघ २०७९ ११:४० | Thursday, January 26, 2023
‘गुलाबी’मा यस्ता देखिए नाजिर

काठमाडौँ- नाजिर हुसेन अभिनीत फिल्म ‘गुलाबी  : एक रंग’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। मुख्य भूमिकामा रहेका नाजिरले फिल्ममा ट्रान्सवुमनको भूमिका निर्वाह गरेका छन्।

पोस्टरमा उनी आफ्नो त्यही रूपमा देखिएका छन्। फिल्मका लागि आफू उत्साहित रहेको नाजिरले बताएका छन्। ‘फिल्ममा काम गर्न पाउँदा एकदमै सम्मानित महसुस गरिरहेको छु,’ उनले भने, ‘आशा छ मेरो कामले उनीहरूप्रति मेरो मनमा रहेको गहिरो सम्मानलाई व्यक्त गर्नेछ।’

समुन्द्र भट्टको निर्देशन रहेको फिल्ममा एलजीबीटीक्युआईए समुदायका मानिसको कथा हेर्न पाइनेछ। फिल्मको कथा निर्देशक भट्टकै हो। पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसेनले सहकार्य गरेका छन्।

फिल्ममा सञ्चिता लुइँटेल नाजिरकी आमा बनेकी छन्। उनीबाहेक सुशील सिटौला, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायत कलाकारको अभिनय छ।

प्रकाशित: १२ माघ २०७९ ११:४० | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast