 खगराज अधिकारी
                             खगराज अधिकारी 
                                            काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भाेलि शुक्रबार विश्वासकाे मत लिने भएका छन्। गण्डकी प्रदेशसभा स्थित एमाले संसदीय दलकाे कार्यलयमा आज बिहीबार बसेकाे संसदीय दलकाे बैठकमा मुख्यमन्त्री अधिकारी विश्वासको मत लिनेबारे जानकारी गराएका हुन्। ३३ जना प्रदेशसभा सदस्यकाे समर्थनसहित मुख्यमन्त्री बनेका अधिकारीलाई विश्वासकाे मत पाउन सहज छ।
अधिकारीकाे पक्षमा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङकाे समर्थन छ। स्वतन्त्र भनिएका गुरुङ केही समयअघिमात्रै नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका थिए। मुख्यमन्त्री नियुक्त भएलगत्तै राजधानी गएर एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्केका अधिकारीले विश्वासकाे मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
अधिकारीले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग पनि विश्वासको मत माग्ने तयारी गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 