गठबन्धनको स्थायित्वमा भर छैन : माधव नेपाल

हिमाल प्रेस २३ पुष २०७९ २१:५४ | Saturday, January 7, 2023
गठबन्धनको स्थायित्वमा भर छैन : माधव नेपाल फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेको सत्तागठबन्धन स्थायी नहुने दाबी गरेका छन्। शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्।

गठबन्धनको स्थायित्वमा विश्वास गर्न सकिने अवस्था नभएको उनको भनाइ छ। ‘एकीकृत समाजवादी सहितको एउटा गठबन्धन अघि बढिरहेको थियो, त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्न गयो। यो गठबन्धन कति दरिलो छ, कति टिकाउ छ यसै भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘गठबन्धन जे भए पनि देशमा राजनीतिक स्थायित्व होस्। हामी यही चाहन्छौं।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सत्तामा को बस्छ भन्ने कुरा महत्त्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा राखे। जनतामा राजनीतिक दलहरूप्रति विश्वास हराउँदै जानु दुःखद्समेत उनले बताए।

प्रकाशित: २३ पुष २०७९ २१:५४ | Saturday, January 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast