राष्ट्रपतिले कलाकारलाई भनिन्- समस्या समाधानका लागि पहल गर्छु

हिमाल प्रेस १० माघ २०७९ १२:१२ | Tuesday, January 24, 2023
राष्ट्रपतिले कलाकारलाई भनिन्- समस्या समाधानका लागि पहल गर्छु

काठमाडौँ- नेपाली कलाकारहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग अन्तरक्रिया गरेका छन्। राष्ट्रपति भण्डारीले कलाकारहरूबाट नेपाली फिल्म र संगीत क्षेत्रमा रहेका समस्याबारे बुझेकी छन्। उनले कलाकारका गुनासा सुनेकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र कलाकारबीच अन्तरक्रिया भएको थियो। नेपाली फिल्म क्षेत्रलाई स्वस्थ मनोरञ्जन प्रदान गर्नेतर्फ अघि बढ्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन्।

कलाकारबाट समस्या र गुनासा सुनेपछि आफू नेपाली फिल्म क्षेत्रबारे प्रस्ट भएको उनले बताइन्। ‘यस क्षेत्रमा रहेका समस्या र सम्भावनाबारे स्पष्ट भएकी छु,’ उनले भनिन्, ‘यहाँ उठाइएका कुरा सरकारको सम्बन्धित निकायले सम्बोधन गर्ने विश्वास लिएकी छु।’

अन्तरक्रियामा राष्ट्रपति भण्डारीले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा ध्यान दिनुपर्ने बताइन्। ‘पछिल्लो समय नेपाली फिल्म अन्य भाषामा डब हुन थालेका छन् र अन्य मुलुकमा प्रदर्शन पनि भइरहेका छन्,’ उनले भनिन्, ‘यसले रोजगारी सिर्जना गर्नेदेखि राष्ट्रिय अर्थतन्त्रमा फिल्म क्षेत्रको महत्त्वपूर्ण योगदान रहनेछ।’

अन्तरक्रिया कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल र उद्योग वाणिज्य महासंघ अन्तर्गतको मनोरञ्जन फोरमका संयोजक आकाश अधिकारीले फिल्मकर्मीका तर्फबाट राष्ट्रपतिसमक्ष माग प्रस्तुत गरेका थिए। ५० जना कलाकार उपस्थित रहेको अन्तरक्रिया कार्यक्रम झन्डै एक घण्टा चलेको थियो।

 

प्रकाशित: १० माघ २०७९ १२:१२ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast