कर्णाली र सुदूरपश्चिममा आज वर्षाको सम्भावना

हिमाल प्रेस ६ माघ २०७९ ६:५१ | Friday, January 20, 2023
कर्णाली र सुदूरपश्चिममा आज वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- नेपालको पश्चिमी क्षेत्रमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (दिनमा) सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका पनि उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तै राति (साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म) पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका पनि उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

प्रकाशित: ६ माघ २०७९ ६:५१ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast