कर्णाली प्रदेश : मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

हिमाल प्रेस ६ माघ २०७९ १६:५१ | Friday, January 20, 2023
कर्णाली प्रदेश :  मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

काठमाडौँ- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्। प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उनले विश्वासको मत लिएका हुन्।

४० सदस्यीय प्रदेशसभामा शर्माको पक्षमा २५ सांसदले मत दिए। आज शुक्रबार प्रदेशसभामा ३९ जना सांसद उपस्थित थिए। शर्मालाई १४ जनाले भने मत दिएनन्।

मुख्यमन्त्री शर्मा पुस २७ गते कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका थिए।
प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० तथा नेकपा एकीकृत समाजवादी र राप्रपाका एक–एक, नेपाली कांग्रेसका १४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्।

प्रकाशित: ६ माघ २०७९ १६:५१ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast