कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

हिमाल प्रेस ६ माघ २०७९ १०:४९ | Friday, January 20, 2023
कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

काठमाडौँ- कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिएका छन्। प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उनले विश्वासको मत लिन लागेका छन्।

मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार आज बस्ने प्रदेशसभाको बैठकबाट शर्माले विश्वासको मत लिन मंगलबार नै प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको छ। प्रदेशसभामा कायम रहेका ४० सदस्यमध्ये सभामुखबाहेक सबैले मुख्यमन्त्रीमाथि विश्वास छ वा छैन भन्ने मत दिने अधिकार हुन्छ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार आज बिहान ११ः०० बजे सर्वदलीय बैठक बस्दैछ। बैठकको निर्णयबमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आजै दिउसो १ः०० प्रदेशसभाको बैठक आह्वान हुनेछ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० तथा नेकपा एकीकृत समाजवादी र राप्रपाका एक–एक, नेपाली कांग्रेसका १४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्।

प्रकाशित: ६ माघ २०७९ १०:४९ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast